देश

साताको पहिलो दिनमै ३ सयले बढ्यो सुनको मूल्य

काठमाडौं, असोज ५—साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ। शुक्रबारको तुलनामा आइतबार छापावाल सुन र तेजाबी सुन प्रतितोला ३ सय तथा चाँदी तोलामा ५ रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी कारोबार व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ७१ हजार ३ सय, तेजाबी सुन ७१ हजार र चाँदी तोलामा ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला ७१ हजार, तेजाबी सुन ७० हजार ७ सय र चाँदी तोलामा ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

Featured