सर्लाही, असोज ५-सर्लाही जिल्लाको कविलासी नगरपालिका ८ अर्गवाबाट असोज ३ गते एपीएफ टोलीले ५० बोरा गुटखा बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर १० गण हेक्वा सर्लाहीबाट खटिएको एपीएफ टोलीले उक्त गुटखा बरामद गरेको हो।
नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको ना. २ च ५९७८ नम्बरको पिकअप गाडीमा राखेर लैजाँदै गरेको अवस्थामा उक्त गुट्का बरामद गरिएको हो। एपीएफ टोलीले त्यसवेला उक्त गाडी समेत बरामद गरेको छ।
प्रतिक्रिया दिनुहोस