देश

गोंगबुबाट ९७ हजार रुपैयाँसहित १४ जुवाडे पक्राउ

काठमाडौं, असोज ५–प्रहरीले ९७ हजार नगदसहित काठमाडौंको गोंगबुबाट १४ जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगन्जको टोलीले शनिबार साँझ गोंगबुका विभिन्न स्थानबाट जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

टोखा नगरपालिका ९ म्याग्दीचोकस्थित प्रेम गौचनको घरबाट ८७ हजार रुपैयाँसहित ९ जनालाई र टोखा नगरपालिका ९ मा कल्पना लिम्बूले सञ्चालन गरेको पूर्वेली खाजा घरबाट ११ हजार नगदसहित ५ जनालाई पक्राउ गरिएको महाराजगन्ज प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा १० पुरुष र ४ महिला छन् । प्रहरीले शनिबार नै गोंगबुका विभिन्न होटल तथा लजमा अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा २९ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Featured