देश

आफ्ना कर्मचारीहरूलाई १५ करोड सहुलियत ऋण बाँड्दै नेपाल प्रहरी

काठमाडौं, असोज ५-दसैं-तिहारका उपलक्ष्यमा आफ्ना कर्मचारीहरूलाई कारदेखि माइक्रो ओभनसम्म खरिद गर्न नेपाल प्रहरीले कल्याण कोषको १५ करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउने भएको छ।

नेपाल प्रहरी कल्याण कोषको साउन २९ गतेको निर्णय अनुसार किस्ताबन्दीमा सिनियर अधिकृत, जुनियर अधिकृत र सकल दर्जाका लागि अधिकतम ६ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने भएको हो। कोषले सिनियर अधिकृतका लागि कार खरिद गर्न १५ लाख रुपैयाँ ६ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने जनाएको छ।

याे ऋण १ सय २० किस्तामा १० वर्ष भित्र भुक्तान गर्नुपर्ने छ। यस्तै मोटरसाइकल खरिद गर्न २ लाख रुपैयाँ ४८ किस्तामा ४ वर्षभित्र भुक्तान गर्नुपर्ने छ। कोषले ट्रेड मिल, ल्यापटप, एलईडी टिभी र माइक्रो ओभन खरिदका लागि ऋण उपलब्ध गराउने जनाएको छ।

प्रहरी कल्याण कोषका लागि यो योजना आइतबारदेखि लागू हुने जनाएको छ।

Featured