देश

खोलाले बगाएर एक जनाको मृत्यु

गुल्मी, असोज ५–खोलाले बगाउँदा गुल्मीमा एक जनाको मृत्यु भएको छ । गुल्मीको धुर्कोट गाँउपालिका–२ पिपलधाराका ६४ वर्षीय भिमबहादुर कुँवरको पनाहा खोलाले बगाएर मृत्यु भएको हो । शनिबार दिउँसो ४ बजे खोलाले बगाएर मृत अवस्थामा कुँवरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक मिन बहादुर घलेले जानकारी दिए ।

Featured