देश

‘युद्धका जीवित स्मृतिहरु’ शिर्षकमा फोटो कथा प्रर्दशनी

विराटनगर, असोज ४–युद्धका जीवित स्मृतिहरु शिर्षकमा विराटनगरमा फोटो कथा प्रर्दशनी आयोजना गरिएको छ । अपाङता भएका द्वन्द पीडितहरुको राष्ट्रिय संजालको आयोजना र राष्ट्रिय अपाङ महासंघ प्रदेश १ को समन्वयमा स्थानीय बी प्लटमा प्रर्दशनी आयोजना गरिएको हो ।

प्रर्दशनीमा १० बर्षे द्वन्दकालमा अपाङतावरण गरेका नागरिकहरु मध्ये १४ जना ब्यक्तिको तस्वीर र घटनाक्रम उल्लेख गरिएको विवरण समेटिएको संजालका अध्यक्ष सुरेन्द्र खत्रीले जानकारी दिए ।

ती फोटोहरु फोटो पत्रकार किशोर शर्माले खिचेको जनाइएको छ । संखुवासभामा भदौ २९ बाट शुरु गरिएको प्रर्दशनी अब असोज ६ मा इटहरीमा आयोजना गरिने जनाइएको छ । राष्ट्रिय अपाङ महासंघका विमल बस्नेतले द्वन्दकालमा आमनागरिकले भारी क्षति बेहोर्नुपरेको तथा कयौं ब्यक्तिले अपाङतावरण गर्नुपरेको बताउदै ती मध्ये केही ब्यक्तिको विवरण समेटिएको कथा र फोटो प्रर्दशनीमा राखिएको जानकारी दिए ।

Featured