देश

मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

दाङ, असोज ४–दाङमा मोटरसाइकल दुर्घटनामा हुँदा २ युवाले ज्यान गुमाएका छन् । घोराही उपमहमानगरपालिका( ९ बस्ने २५ वर्षीय मनोज विक र घोराही ५ धर्नाका वर्ष २५ कै दिपक विकको मोटरसाईकल दुर्घटनामा ज्यान गएको हो । शुक्रबार राति साढे ११ बजेतिर घोराही ९ गुकाली डाँडाबाट तुलसीपुर तर्फ आउँदै गरेको रा४प ७४९३ नम्बरको मोटरसाइकल सिमेन्टको पिलरमा ठोक्किँदा उनीहरु गम्भीर घाइते भएका थिए ।

दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा राति १२ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरूले मादकपदार्थ सेवन गरि मोटरसाइकल चलाएको प्रहरीले जनाएको छ ।

Featured