NRNA खबर देश विदेश

क्यानडामा पनि भव्यरुपमा मनाइयो संविधान दिवस

काठमाडौँ, असोज ४–क्यानाडामा पनि नेपालको संविधान दिवस हर्षोउल्लासका साथ मनाइएको छ । क्यानडाको टोरोन्टोमा रहेका नेपालीहरुले दिवस भव्यरुपले मनाएका हुन् । टोरोन्टोको क्विन्सपार्कस्थितप्रान्तिय संसद भवनमा नेपाल डे मनाइएको हो । क्यानडाको प्रोगेसिभकन्जरभेटिभ पार्टीको संसदीयदलको सभाहलमा आयोजित विशेष कार्यक्रममा स्थानिय सांसद तथा विभिन्न नेपाली संस्थाहरुका प्रतिनिधिहरुले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न जोड दिएका छन् ।

गैरआवासिय नेपाली संघ (एनआरएनए) क्यानडाको अगुवाइमा भएको कार्यक्रममा गैरआवासिय नेपाली संघ क्यानडाका अध्यक्ष चिरन्जिवी घिमिरेले विश्वकै सुन्दर देश नेपाल एक पटक भ्रमण गरिदिन सवैमा आग्रह गरेका थिए । सो अवसरमा क्यानडाका लागि नेपाली अवैतनिक महावाणिज्य दूत डा. कुन्जर शर्मा, कन्सर्न नेपालका संयोजक डा. तुल्सी धरेल लगायतले नेपालको संविधान र नेपालको वर्तमान अवस्थाकाबारेमा संक्षिप्त जानकारि गराएका थिए ।

कार्यक्रममा कन्जरभेटिभ पार्टीका सांसद दिपकआनन्दले सर्वोच्चशिखर सगरमाथा रहेको नेपाल विश्वकै सुन्दर देश भएकाले पनि एक पटक अनिवार्यरुपले भ्रमण गर्न सवैलाई आग्रह गरे । उनले आफू नेपाली समुदायसँग धेरै घुलमिल भएकाले पनि नेपालको विषयमा जानकार रहेको बताउँदै उनले नेपाल भ्रमण वर्ष २०२० सफलपार्न आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

एनआरएनए क्यानडाका महासचिव पिताम्वर भट्टराईले संचालन गरेको कार्यक्रममा नेपाली राष्ट्रिय गानले सभाहल गुञ्जिदा स्थानिय संचारकर्मी र क्यानडेली पाहुनाले यसको संगीतलाई ध्यानदिएर सुनेका थिए । ब्राम्टन मिसिसागा क्षेत्रका सांसद दिपकआनन्दलेनै संविधान दिवस मनाउने सबै प्रवन्ध मिलाएका थिए ।–क्यानाडाखबर डटकम बाट

Featured