काठमाडौं, असोज ४–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठक आज बस्ने भएको छ। नेकपाका अध्यक्ष केपी शर्मा ओलीको व्यस्तता र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अस्वस्थताका कारण बिहीबार स्थगित भएको बैठक आज बस्न लागेको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए ।
आजको बैठकमा प्रदेश २ को नेकपा देखिएको विवादमा छलफल गरिने बताइएको छ । साथै, बैठकले एकता प्रक्रियाका बाँकी रहेका कामको पनि टुङ्गो लगाइने पार्टीले जनाएको छ । पार्टीको लेखा आयोग, प्रवास कमिटी, अनुशासन आयोग लगायतका विभिन्न सङ्गठनको समायोजन तथा कार्य्विभाजन गर्ने तयारी थियो ।
प्रतिक्रिया दिनुहोस