NRNA खबर देश विदेश

गैरआवासीय नेपाली संघको उपाध्यक्षका उम्मेद्वार डा. केसीद्धारा ७ बुँदे प्रतिवद्धतापत्र सार्बजनिक

काठमाडौँ, असोज ३–गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोबर १५ देखी काठमाडौँमा हुने निर्वाचनका लागि उपाध्यक्षका उम्मेद्वार डा. बद्री केसिले ७ बुँदे प्रतवद्धतासहितको घोषणापत्र सार्बजनिक गरेका छन् । हाल संघको महासचिव रहेर विधान अनुसार सफलतापूर्वक काम गरिसकेका उपाध्यक्षका उम्मेद्वार केसिले आफु निर्वाचीत भएको खण्डमा गर्ने ७ बुँदे कामहरु प्रतिवद्धता सहित घोषणापत्र जारी गरेका हुन् ।

उनले गैर आवासीय नेपाली संघ जस्तो सामाजिक संस्थामा व्यक्तिको कार्यदक्षता, विगतका अनुभव, संस्थाप्रतिको लगाव तथा संस्थालाई दिनसक्ने योगदान तथा क्षेत्रीय सन्तुलनको आधारमा केन्द्रीय परिषद्का सम्पूर्ण पदहरु चयन गरिनुपर्ने बताउँदै सोही अनुरुप आफुले उम्मेदवारी दिएको बताएका छन् । नेपाल बाहिरको ५० लाख भन्दा बढी नेपाली हरुको नेतृत्व गर्ने सो संस्थालाई अझ प्रभाबकारी ढंगले अगाडी बढाउन भन्दै उनले सात खम्बे सिद्धान्त अघि सारेको बताए । डा.केसीले आफुले जारी गरेको घोषणापत्र अनुरुप ७ सिद्धान्तलाई अवलम्बन गर्दै गैर आवसीय नेपाली संघलाई नयाँ उचाइमा पुर्याउने र उपाध्यक्षको जिम्मेवारी इमान्दारीताका साथ निभाएर आफुले प्राप्त गर्ने मत खेर जान नदिने प्रतिवद्धता समेत जनाएका छन् ।

यस्तो छ डा. केसीको ७ बुँदे घोषणापत्र
१. बैदेशिक रोजगार (Foreign Employment):
सुरक्षित र मर्यादीत वैदेशिक रोजगार हाम्रो अभियान नै हो। बिदेशमा रहेका झन्डै ७०५ भन्दा बढी जनशक्ति बैदेशिक रोजगारमा आवद्ध छ र देशको एक तिहाई अर्थतन्त्र बैदेशिक रोजगारले धानेको छ । अबको हाम्रो लक्ष, दक्ष कामदारहरु मात्र विदेश पठाई प्रति कामदार आम्दानी बढाउने, कामदारहरुको उचित वीमा गराउने, विचौलियाहरु न्युन गराउने, कामदारहरुकोको संचयकोष व्यवस्था गर्ने, प्राविधिक अध्ययन केन्द्रहरु स्थापना गर्ने, स–साना लगानी कर्ताहरुलाई पनि एकमुष्ठ गरि बैदेशिक रोजगारीमा आवद्ध जनशक्ति सहितको संयुक्त लगानीका कार्यक्रम हरु संचालन गर्ने तथा बिदेशमा ज्ञान सिप सिकेका लागि नेपालमा नै रोजगारी शृजना गर्ने तर्फ लक्षित रहने छ । संविधानको धारा २९१(१) ले काम विशेषले विदेशमा वसिरहेका नेपालीहरुको अधिकार कुण्ठित गरेको छ, । प्रत्येक नेपालीको मौलिक हक तथा अधिकार हनन नहुनेगरि संविधानमा सुधार हुनु जरुरी छ । विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले नेपालको निर्वाचनमा भाग लिन पाउने, मतदान गर्न पाउने अधिकार सुनिस्चीत गर्न सर्र्वोच्च अदालतले समेत निर्देशनात्मक आदेश जारी गरिसकेको अवस्थामा यसलाई कार्यान्वयन गराउन संघले विशेष पहल गर्नुपर्ने आबस्यकता छ ।

२. लगानी तथा व्यापार प्रवर्द्धन (Investment and Trade Investment):
नेपाल राजनीतिक, भौगोलिक तथा सामाजिक कारणले संसारका ठुलो लगानीकर्ताहरुको लागि आकर्षक मुलुक बन्न सकेको छैन र छिटै बन्नसक्ने अवस्था पनि छैन । नेपालमा धेरै क्षेत्रहरुमा ठुला, मझौला तथा साना लगानीहरु गरि संसारको अन्य क्षेत्रहरु भन्दा आकर्षक मुनाफा लिन सक्ने प्रचुर सम्भावना छ्र । गैर आवासीय नेपालीहरुले सुरुका दिन देखिनै व्यक्तिगत तथा सामुहिक रुपमा धेरै क्षेत्रहरुमा लगानी गर्दै आइरहेका छन् तर, यो प्रयाप्त छैन । संविधानमा व्यवस्था गरिएझैँ गैर आवासिय नेपाली नागरिकताको अधिकार व्यवहारमा परिवर्तन गर्न सकेमा विदेशमा बस्ने नेपालीहरुबाटनै ठुलो लगानी आउने प्रचुर सम्भावना छ । हाम्रो नेपालमा रहेको सम्पतिको पनि कानुनी रुपमा संरक्षण हुनु जरुरि छ्र हाल सिमित मुलुकहरुसँग मात्र भएको लगानी सम्झौता (Bilataral Investment Promotion and Project Agreement) BIPPA, , दोहोरो कर मुक्ति सम्झौता (Double taxation Avoidance Agreement ) DTAA  र आर्थिक साझेदारी सम्झौता (Economic Partnership Agreement) EPA गैर आवासीय नेपालीहरु रहेका सबै मुलुकहरुँंग हुन जरुरी छ । हाल नेपालीहरुको बढी लगानी अनुत्पादित क्षेत्रमा भइ रहेको छ्र स–साना लगानीकर्ताहरुलाई समेत एकमुष्ठ गरि ठुलो लगानी जुटाएर रास्ट्रिय संरचना निर्माणमा लगानी गर्न संघले पहल गर्नु पर्ने छ ।

३. गैर आवासीय नेपाली फाउन्डेशन तथा परोपकार (NRN Foundation & Charity):
गैर आवासीय नेपालीहरुको नेपालमा पहिलो र गाढा परिचय परोपकारी कामहरुलेनै भएका छन् । परोपकार हाम्रो संस्कृति हो र प्रत्येक नेपालीको रगतमानै परोपकारी भावना छ । हरेक देशमा बस्ने नेपालीहरुले आ–आफ्नो गाउँ–ठाउँमा केहि न केहि परोपकारका कामहरु गरिनै रहेका छन् । यसलाई संस्थागत अभियानको रुपमा एक राष्ट्र एक परोपकारी योजनाको रुपमा धेरै कामहरु भएका छन् । यो अभियानलाई अझ सशक्त रुपमा अगाडी लैजान जरुरी छ । नेपालमा बाढी पहिरो जाँदा, हुरी बतास आउँदा, आगलागी हुँदा संघले संस्थागत रुपमा सहयोग गर्दै आएको छ । परोपकारी कामलाई व्यवस्थित र प्रभावकारी बनाउन संसारका छ ओटै क्षेत्रहरुमा गैर आवासीय नेपाली फाउन्डेशन (परोपकारी फण्ड) स्थापना गरि सोही मार्फत सहयोग संकलन तथा वितरण गर्न जरुरी छ । उक्त फण्डमा रकम जम्मा गर्दा सहयोगकर्ताले करमा समेत सहुलियत पाउने छन् ।

४. ज्ञान, शिप तथा सृजनात्मक काम नेपालमा भित्र्याउने (SKI & NRN Academy):
आफुले आर्जन गरेको ज्ञान शिप तथा प्रविधिको उचित प्रयोजन गर्न तथा सम्भावनाको खोजीका लागि धेरै नेपालीहरु संसारका ख्यातिप्राप्त विश्वविद्यालय एवम् संघसंस्थाहरुमा कार्यरत छन् । उनीहरुको दक्षता एवम् विज्ञतालाई नेपालको सम्मृद्धिका लागि प्रयोग गर्न गैर आवासीय नेपाली एकेडेमी नै खडा गर्नु जरुरी छ । यस्तो सभावनाको पहिचानको लागि हामीले पहिलो पटक नेपाल सरकारसँगको सहकार्यमा प्रथम विज्ञ सम्मेलन २०१८ अक्टोबरमा काठमाडौँमा सम्पन्न गर्यौँ । अब हरेक दुई बर्षमा उक्त विज्ञ सम्मेलनलाई निरन्तरता दिनु जरुरी छ ।

५. नेपाल पोलिसी इन्स्टिच्युट(Nepal Policy Institute):
विदेशमा रहेका नेपाली विज्ञहरुले गैरआवासीय नेपाली संघ सम्वन्धित तथा नेपालको सर्वोपरी विकासका लागि विभिन्न नीति निर्माणमा योगदान दिनका लागि यो अवधारणा ल्याइएको छ । नेपाल पोलिसी इन्स्टिच्युट समितिले विगतको दुइ बर्षमा नेपाल सरकार रास्ट्रिय योजना आयोसँग सम्झौता गरि विभिन्न बिषयहरुमा नीति निर्माण गर्नका लागि सुझाव पेश गरिसकेको छ । यस समितिलाई निरन्तरता दिन, विशेषज्ञहरुले तथस्टताकासाथ काम गर्न तथा संस्थागत रुपमा संचालनको लागि गैरआवासीय नेपाली संघको स्वामित्वमा नेपाल भन्दा बाहिर नेपाल पोलिसी इन्स्टिच्युट(Nepal Policy Institute) स्थापना गर्ने लक्ष्य यस कार्यकालमा पुरा हुन सकेको छैन, यसलाई यथासक्दो छिटो स्थापना गर्नुपर्ने छ ।

६. नेपाल प्रवर्द्धन (Nepal Promotion)
नेपालको भाषा, कला तथा संस्कृतिलाई नेपाल भन्दा बाहिर रहनुहुने नेपालीहरु र विदेशीबीच फैलाउने काम गैरआवासीय नेपालीहरुको मुख्य काम मध्ये हुन् । सन् २०११ को गणना अनुसार नेपालमा १२३ भन्दा बढी मातृ भाषाहरु छन् । यो हाम्रो सम्पति हो । पुर्खाले हजारौं बर्ष लगाएर सिर्जना गरेको भाषा एक पिढीले नबोलेमा सजिलैसँग मासिन्छ । आजको विस्तारति संसारिकरणमा स–साना भाषा संस्कृति जोगाउन ठुलो चुनौती छ । संसारको धेरै ठाउँमा नेपाल भवन  (Nepal House) संचालनमा आएका छन्, नेपाली मेला (Nepal festival) आयोजना गर्दै आइरहेका छौँ, यसलाई निरन्तरता दिँदै नेपाली उत्पादनहरुको विदेशमा प्रबद्र्धन गरेर नेपालमा आर्जन भित्र्याउनु पर्छ । प्राकृतिक सम्पदाले भरपुर संसारकै स्वर्ग मानिने देश, सगरमाथा र बुद्ध जन्मेको देश, पर्यटनको लागि सम्भावना नै सम्भावना बोकेको देश नेपालको संभावनाको पोको खोल्ने काम हामीले गर्नु पर्ने छ । पर्यटन मन्त्रालय तथा पर्यटन बोर्डसँग Visit Nepal 2020 लाई सफल पार्न संघले एक सम्झौता गरेर आगाडी बढेको छ र पर्यटनलाई प्रभावकारी बनाई नेपालको अर्थतन्त्रलाई मजबुत बनाउन हामीले प्रमुख भूमिका निभाउन पर्ने छ ।

७. युवा, महिला तथा दोस्रो पिढी (Woman, Youth and Second Generation) :
संघले युवा तथा महिलालाई सक्रिय रुपमा आवद्ध गराउन संरचनामै अन्तरास्ट्रिय तथा क्षेत्रीय युवा र महिला संयोजकको व्यवस्था गरि हरेक रास्ट्रिय समन्वय परिषद्मा युवा र महिला संयोजकको व्यवस्था गरेको छ । महिलाहरुको लागि छुट्टै उपाध्यक्ष व्यवस्था गरे जस्तै यस पटक देखि युवा तथा विशेष गरि दोश्रो पिढीलाई लक्षित गरेर उपाध्यक्षको व्यवस्था गर्नु पर्ने आवस्यकता छ । हालै संघको प्रयासले नेपालमा आयोजित आठौं रास्ट्रिय खेलकुदमा गैर आवासीय नेपालीहरुले समेत भाग लिएर ठुलो सफलता हँसिल गरेका छन् । अमेरिकामा जन्मेर उतै हुर्केका नथम दोर्जे शेर्पाले पहिलो प्रयासमै दुइवटा स्वर्ण र एक रजत पदक जितेका छन् । अब उनले नेपालको तर्फबाट अन्तरास्ट्रिय खेलहरुमा भाग लिन सक्ने छन् । यो उदाहरणले अब गैरआवासीय नेपालीहरु विदेशमा सिकेको ज्ञान सहित नेपाल भित्रिने क्रम शुरु भएको छ । खेलकुदको माध्यमबाट विस्व भरका नेपाली युवाहरुलाई एकजुट गर्न, दोश्रो पिढीका युवाहरुलाई नेपालप्रति आवद्ध एवम् जिम्मेवारी वहन गराउन, विदेशमा सिकेको ज्ञान नेपालमा सिकाउन संघले गैरआवासीय नेपाली खेलकुद प्रतिष्ठान स्थापना गर्नु जरुरी छ ।

एनआरएनएमा डा. केसीको अवद्धता
रुसको मस्कोबाट बायोटेक्नोलोजिमा इन्जीनियरिङ गरेका डा. केसीले सोही विषयमा विद्यावारधी गरेका छन् । उनले व्यवस्थापनमा समेत स्नातकोत्तर गरेका छन् । सन् २००३ देखि २००७ सम्म राष्ट्रिय समन्वय समितिको साधारण सदस्य रहेका उनी २००७ देखी २००९ सम्म राष्ट्रिय समन्वय परिषद रुसको महासचिव भए । त्यसपछी २००९ देखि हालसम्म नेपाल भवन, कालुगा रुसको कार्यकारी निर्देशक रहेका डा. केसी २००९ देखी २०११ सम्म नेपाल भवन निर्माण समिति, मस्को रुसको निर्देशक भइसकेका छन् ।

सन् २००९ देखी २०११ सम्म अन्तराष्ट्रिय समन्वय परिषद अन्तर्गतको राष्ट्रिय उत्पादन प्रवर्धन समितिको अध्यक्ष रहेका उनी सोही अवधिमा अन्तराष्ट्रिय समन्वय परिषदको केन्द्रीय सदस्य समेत थिए । उनी २०११ देखी २०१३ सम्म अन्तराष्ट्रिय समन्वय परिषदको राष्ट्रिय उत्पादन प्रवर्धन समितिको पुनः अध्यक्ष बने । सन् २०११ देखी २०१३ सम्म अन्तराष्ट्रिय समन्वय परिषदको केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका छन् । सन् २०१३ देखी २०१५ सम्म अन्तराष्ट्रिय समन्वय परिषदको कोषाध्यक्ष भएका डा. केसी सोही अवधिमा आर्थिक सुदृढतासमितिको अध्यक्षसमेत भएर कुशलतापूर्वक काम गरिसकेका छन् । २०१५ देखी २०१९ दुई कार्यकाल अन्तराष्ट्रिय समन्वय परिषदको महासचिवमा निर्वाचीत भएका उनी सोही अवधिदेखी हाल सम्म नीति निर्माण समितिको अध्यक्ष छन् ।

हालसम्म सुम्पिएको जिम्मेवारी सफलतापूर्वक पुरा गरेको छु : डा केसी
उपाध्यक्षका उम्मेदवार डा. केसीले गैरआवासीय नेपाली संघको स्थापनाकाल देखिनै विभिन्न पदहरुमा कार्यरत रही छैठौं विश्व सम्मेलनबाट कोषाध्यक्ष र सातौं तथा आठौं विश्वसम्मेलनबाट महासचिवमा सुम्पीएको जिम्मेवारी सफलतापूर्वक पुरा गरेको बताएका छन् । उनले आफुलाई सवै कार्यकालहरुमा सल्लाह, सुझाव र मार्गदर्शन गर्ने सवै अग्रजहरुप्रती आभार प्रकट गरेका छन् ।

डा. केसीले आफु कोषाध्यक्ष रहँदा संघलाई आर्थिक पारदर्शी एवं सशक्त बनाउन अथक प्रयास गरेका छन् । जसको फलस्वरूप बर्र्षैँँदेखि नउठेको अन्तरास्ट्रिय समन्वय समितिको सदस्यता शुल्क चुक्ता भएको छ । उनकै नेतृत्वमा क्षेत्रीय तथा अन्तरास्ट्रिय भेला तथा सम्मेलनको हिशाब समयमै फर्श्यौट गराई संघको आम्दानी बढाउने र संघमा संचित रकमलाई टेन्डर मार्फत बढी व्याज आउने बैंक खातामा जम्मा गराई ब्याजमा उल्लेखनीय बृद्धि भएको छ ।

सन् २०१४ मा जापानको तातेसिमामा आयोजित क्षेत्रीय सम्मेलनमा संघको दिर्घकालिन आर्थिक सुदृढताको लागि डा. केसीले प्रस्तुत गरेको १० वर्षिय कार्ययोजना अन्तर्गत संघले उल्लेखनीय प्रगति गर्न सकेको दावी गरेका छन् । नेपालमा महाभूकम्प जाँदा आफु नेपालमै रहेकाले संघको तर्फबाट विपतमा परेकाहरुलाई प्रत्यक्ष रुपमा सहयोग गर्ने निर्णय कार्यन्वयन गर्दा पहिलो दिनदेखि करिव एक महिनासम्म सामाग्री व्यवस्थापन एवं स्वयंसेवक व्यवस्थापनमा संलग्न हुनपाउनुलाई देश र देशवासीको सेवा गर्ने ठुलो अवसरको रुपमा लिएको उनले बताए । उनले देशमा भएको असीम वर्षापछि घरबारबिहिन नेपालीहरुलाई विश्वभरिबाट रकम संकलन गरी राहत वितरण कार्यक्रममा संघको प्रतिनिधि भई प्रत्यक्ष रुपमा संलग्न हुन पाउदा आफुलाई गौरवान्वित महसुस भएको बताए

उनले चारबर्ष अघि संघको आर्थिक सम्मृद्धिको दीर्घकालीन रुपरेखा कोरिसकेपछि फेरि संघको व्यवस्थापनमा ध्यान दिएका छन् । संगठन आदेशले नभई विधि र विधानबाट चलाउनुपर्ने मान्यता राख्ने डा. केसी नेतृत्ववर्गले विधानमा रहेको कमजोरपक्षलाई प्रयोग गरेर आफ्नो अनुकूलको निर्णय गर्ने प्रवृत्तिको विरोधमा खरो उत्रिए ।

विधानमा भएका कमिकमजोरीलाई पहिल्याई सामुहिक नेतृत्व र टिमवर्कबाट अनुशासनको दाएरमा आएर काम गर्नुपर्छ भन्ने उनको मान्यता छ । कोषाध्यक्ष र महासचिव हुँदा विधि विधान अनुसार व्यक्तिगत स्वार्थका लागि नभई संस्थाको हितमा लाग्दा कतिपय व्यक्तिहरु आफुबाट रुष्ट भएको उनको भनाइ छ । उनले यसपटक आफुलाई उपाध्यक्षमा मत दिएर निर्वाचीत गरे थप उर्जाका साथ संस्थालाई दु्रत गतिमा अघि बढाउने र संस्थाको दिगो विकासमा लागि पर्ने प्रतिवद्धता जनाएका छन् ।

Featured