देश

संविधानको विरोधमा जनकपुरमा राजपाले निकाल्यो र्याली

जनकपुर, असोज ३–प्रदेश २ को राजधानी जनकपुरधाममा राष्ट्रिय जनता पार्टी (राजपा)ले संविधान जारी भएको ३ असोजलाई ‘कालो दिवस’को रुपमा मनाएको छ । कालो ब्यानर, कालै फेटा शिरमा बाँधेर राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरको नेतृत्वमा सडकमा राजपा कार्यकर्ताले संविधानको दिवसको विरोधर्मा याली निकाले ।राजपाको विरोध प्रदर्शन शान्तिपूर्ण भए पनि सुरक्षा व्यवस्था भने कडा पारिएको थियो । राजपा नेपालले विरोर्ध यालीपछि कोणसभाको आयोजना गरेको थियो ।

जनक चोकबाट निस्केर्को यालीले नगरपरिक्रमा गरेकोे थियो । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले संविधान संशोधन नभएसम्म संविधानको विरोधमा कालो दिवस मनाइरहने बताए । उनले प्रश्न गरे, ‘जबसम्म संविधान संशोधन हुँदैन तबसम्म हामी तराई र मधेसका जनता संविधानको विरोधमा कालो दिवस मनाइरहन्छौँ । सरकार हाम्रो मागमा किन कुनियत राखेर हेर्छ ? के हाम्रो माग जायज होइन ?’

उनले नेपालको अन्तरिम संविधानको धारा १३८ (क) मा सम्पूर्ण मधेस एक स्वायत्त प्रदेश राख्ने सहमति भएको तर सरकारले ८ वटा मधेसको जिल्लालाई मात्र एउटा प्रदेशमा सीमित गरेको आरोप लगाए । उनले बाँकी मधेसका जिल्लालाई अन्य प्रदेशमा किन जोडियो भन्दै सरकारप्रति प्रश्न गरे ।राज्यले थुप्रै आश्वासन दिए पनि त्यसलाई पूरा नगरेको उनको भनाइ थियो ।

‘हकअधिकार माग्दा प्रहरीले गोली चलाएर मधेसी जनताको हत्या गरेको भन्दै उनले आक्रोश पोखे । ‘संविधान जारी भएको दिन पनि आफूहरु शान्तिपूर्ण रुपले आन्दोलन गरिरहेको समय वीरगन्जको घण्टाघरमा गोली चलाएर मधेसी जनताको हत्या गरियो,’ उनले भने , ‘अहिले सत्ता र प्रतिपक्षमा जति पार्टी छन् विगतमा सबैले हतियार उठाएकै हुन् । सबैले आन्दोलन गरेका छन् ।

तर, उनीहरुलाई कुनै मुद्दा लागेन तर हामीलाई आन्दोलन गरेको भन्दै मुद्दा चलाइन्छ । अहिले पनि जनताबाट निर्वा्चित सांसद रेशम चौधरी कारागारमा छन् ।’ त्यस्तै प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले पनि आफ्नो पार्टीको निर्णयअनुसार आफूहरु संविधान दिवस नमनाएर यसको विरोधमा निस्किएको बताए ।

Featured