देश

यो संविधान स्वीकार्न सकिँदैन : यादव

काठमाडौँ, असोज ३–राष्ट्रिय जनता पार्टी, नेपालका अध्यक्ष मण्डलका संयोजक महेन्द्रराय यादवले मधेशवादी दललाई अलग राखेर जारी गरिएकोले यो संविधान स्वीकार गर्न नसकिएको स्पष्ट पारेका छन् ।

संयोजक यादवले संविधान संशोधन गर्नुपर्ने आफनो पार्टीको माग सम्बोधन नगरेको भन्दै सरकारको पनि चर्को आलोचना गरे ।संविधान दिवसको अवसर पारेर आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै संयोजक यादवले दुई तिहाईको बल मिच्याईँमा प्राप्त संघीयता र गणतन्त्र नमास्न पनि सरकारलाई सचेत गराए । संयोजक यादवले सरकारले संघीयताको धज्जी उडाएको आरोप पनि लगाए ।

Featured