देश

बालिका करणी उद्योगमा पक्राउ

मुसिकोट, असोज ३–रुकुमपश्चिममा बालिकालाई जबर्जस्ती करणीको प्रयास गर्ने एक व्यक्ति पक्राउ परेका छन् । स्थानीय एक १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा जिल्लाको सानीभेरी गाउँपालिका(१ का ४५ वर्षीय गंगे पुन पक्राउ परेका हुन् । निजले घरमा कोही नभएको मौका छोपेर खाना पकाउँदै गरेकी बालिकाको संवेशदनशील अंग समाती लछारपछार गरेर जबर्जस्ती करणी गर्न खोजेको प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए ।

उनका अनुसार पीडित पक्षले दिएको किटानी जाहेरीका आधारमा आफन्तको घरमा लुकेर रहेका पुनलाई २४ घण्टाभित्रै प्रहरीले पक्राउ गरेको उनलाई जबर्जस्ती करणी उद्योग मुद्दामा जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

मोबाइल पसल चोरी गर्ने पक्राउ
सदरमुकाम मुसिकोटमा रहेको करण मोबाइल पसलबाट ३ लाख रूपैयाँ बराबरको मोबाइलसहितका सामान चोरी गर्ने एक १६ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ । युवकले रातको समयमा मोबाइल पसलको ढोकामा लगाएको ताला तोडफोड गरेर मोबाइल सेटसहित इलेक्ट्रिक सामान चोरी गरेको प्रहरी प्रमुख सुमित खड्काले बताए ।

नाम र विस्तृत विवरण नखुलाइएका १८ वर्षभन्दामुनिका पक्राउ परेका ती युवकलाई सूचना प्रविधिको उच्चतम सदुपयोग गरेर २४ घण्टाभित्रै पक्राउ गर्न प्रहरी सफल भएको र उनलाई चोरी तथा डाँकासम्बन्धी मुद्दामा जिल्ला अदालत रुकुमबाट पहिलोपटक म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । (रासस)

Featured