देश मनोरंजन

निखिल उप्रेती लोकगीतमा पनि

काठमाडौं, असोज ३–चलचित्रको पर्दामा करिब दुई वर्षदेखि नदेखिएका एक्सन हिरो निखिल उप्रेती लोकगीतमार्फत दर्शकमाझ आएका छन् । गायिका कला लम्सालको ‘धानको चामल धानैको चिउरा‘’ मार्फत अभिनेता निखिल पहिलो पटक लोकगीतमा देखिएका हुन् ।

बद्री पँगेनी, कला लम्साल र चन्द्रा शर्माले स्वर दिएको गीतमा नायक निखिल र गायिका कलाले अभिनय गरेका छन् । रमेश बिसीले रचना रहेको गीतलाई तिलक ओलीले संगीतबद्ध गरेका छन् ।

गीत युट्युबमार्फत शुक्रबार सार्वजनिक भएको हो । निखिलले फरक अनुभवका लागि लोकगीतमा अभिनय गरेको बताएका छन् । ‘खाली समयको सदुपयोगका लागि लोकगीतमा अभिनय गरेको हुँ,’ उनले भने, ‘गीत हेर्दा झन् रमाइलो महसुस भयो ।’

Featured