देश

देशभर विशेष कार्यक्रम गरी संविधान दिवस मनाइँदै

काठमाडौं, असोज ३–संविधान दिवस देशभर हर्षोल्लाषपूर्वक मनाइँदैछ । नेपालमा संविधान जारी भएको दिन असोज ३ गतेलाई विशेष रुपमा सम्झना गर्न संविधान दिवस मनाइएको हो । संविधान दिवसमा संघ, प्रदेश र स्थानीय सरकारले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइरहेका छन् । आज साँझ तीनै तहका सरकारले दीपावली गरी संविधान दिवस मनाउनेछन् ।

केन्द्र सरकारले काठमाडौंको टुँडिखेलमा औपचारिक कार्यक्रम गरी राष्ट्रिय दिवसका रुपमा संविधान दिवस मनाएको छ। टुंडिखेलमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्ति एवं विदेशी पाहुनाहरु र ठूलो मात्रामा सर्वसाधारणको उपस्थिति रह्यो।

कार्यक्रममा छातीमा नेपालको नक्सा भएका टिसर्ट लगाएर र हात(हातमा नेपालको झन्डा बोकेर ठूलो मात्रा सर्वसाधारणले उपस्थिति जनाएका छन् । टुंडिखेलमा औपचारिक कार्यक्रम गर्नुअघि विभिन्न ठाउँबार्ट याली निकालिएको थियो ।

सातवटै प्रदेश सरकारले पनि विभिन्न औपचारिक कार्यक्रम गरी संविधान दिवस मनाएका छन् । प्रदेश सरकारहरुले औपचारिक रुपमा संविधान दिवस मनाउनुअर्घि याली निकालेका छन् । र्याली प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्री, सरकारी कर्मचारीलगायत सर्वसाधारणको सहभागिता थियो ।

Featured