देश

परिर्वतनविरोधीको प्रतिवाद गरौं : प्रचण्ड

काठमाडौं, असोज ३–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले जनताको संघर्ष र बलिदानबाट प्राप्त उपलब्धि (व्यवस्था) उल्ट्याउन केही अराजक तत्वहरू लागिपरेको भन्दै उनीहरुको प्रतिवाद गर्नुपर्ने बताएका छन् । उनले त्यस्ता तत्वहरूले जनतामा भ्रम पैदा गराएको भन्दै त्यसको प्रतिवादमा उत्रन आव्हान गरेका हुन् ।

केही समययता आक्रामक अभिव्यक्ति दिँदै आएका प्रचण्डले संविधान दिवसको शुभकामनामा पनि परिवर्तन विरोधी सल्बलाएको भन्दै सतर्क रहनुपर्ने आवश्यकतामा जोड दिएका छन् । अध्यक्ष प्रचण्डले जनताको लामो र बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिलाई उल्टाउने दिवा सपना केही अराजक तत्वहरुले देख्ने गरेको बताएका छन् । संविधान दिवसका अवसरमा जारी सन्देशमा प्रचण्डले जनतालाई भ्रममा पार्ने अराजक तत्वहरुको प्रतिवाद गर्दै सम्पूर्ण संघीय लोकतान्त्रिक गणतन्त्रवादी शक्तिहरुलाई एकतावद्ध हुन आग्रह गरेका छन् ।

Featured