खेलकुद विदेश

युरोपा लिगमा आर्सनल, म्यान्चेस्टर युनाइटेडको विजयी सुरुवात

एजेन्सी, असोज ३–युरोपा लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा आर्सनल र म्यान्चेस्टर युनाइटेडले विजयी सुरुवात गरेका छन् । लिगको समूह चरण अन्तर्गत बिहीबार राति भएको आफ्नो पहिलो खेलमा आर्सनलले फ्र्यांकफर्टलाई ३–० ले पराजित गरेको हो । आर्सनललाई जिताउन जोसेफ विलक, बुनायो साका र पिएर एमरिक औबामियाङले एक एक गोल गरे ।

गएराति नै भएको खेलमा किशोर खेलाडी मासन ग्रिनवुडको निर्णायक गोलको सहयोगमा म्यानचेस्टर युनाइटेडले समूह एल अन्तर्गतको खेलमा एस्टानालाई १–० ले पराजित गरेको हो । युनाइटेडका लागि ७३ औं मिनेटमा १७ वर्षे ग्रीनवूडले विजयी गोल गरेका थिए । उनले युनाइटेडबाट सिनियर खेलमा गरेको यो पहिलो गोल हो ।

युरोपा लिग अन्तर्गतका अन्य खेलमा स्पोर्टिंग ब्रागाले वुल्भ्सलाई, रेन्जर्सले फेयिनुर्डर्डलाई, डाइनाभो किभले माल्मो एफएफ, एफसी कोपनहेगनले लुगानो, गेटाफेले ट्राब्जोन्सपोर तथा एलएएसकेले रोजनबर्गलाई समान १–० ले पराजित गरेका छन् ।

Featured