देश

देशको नक्सा सच्याउन सरकारको बेवास्ता

काठमाडौं, असोज ३–कालापानी र सुस्ताबिनाको नेपालको नक्सा सरकारले गत फागुनमा सच्यायो। अन्नपूर्णमा समाचार आएपछि आधिकारिक नक्सै पहिलो पटक सार्वजनिक गरियो। त्यसको कार्यान्वयनमा भने सरकारी निकायले बेवास्ता गरेको छ। कूटनीतिक नियोगमा गलत नक्सा भएको निसान छाप प्रयोग भइरहेको छ।

भारतस्थित नेपाली दूतावासको वेबसाइटमा रहेको निसान छापको नक्सामा कालापानी, सुस्ता गायब छ। इजरायल, ओमनलगायत देशमा रहेका नेपाली दूतावासले पनि नयाँ नक्सा भएको निसान छाप प्रयोग गरेका छैनन्। पुरानो नक्सा भारत तथा अन्य देशले बनाइदिएका थिए। कालापानी र सुस्तासमेत समेटेर नयाँ नक्सा नेपालले बनाएको छ। नापी विभागले यसको प्रचार नगर्दा गलत नक्साको प्रयोग नहटेको हो।

विभागका महानिर्देशक प्रकाश जोशी यसबारे जनचेतनाको काम गरिरहेको बताउँछन्। ‘नक्साको सम्बन्धमा टिम बनाएर काम गरिरहेका छौं’, उनी भन्छन्, ‘थाहा नभएर प्रयोग गरिरहेका छन्। त्यसैले कारबाही गरेर त कहाँ साध्य हुन्छ र ? उनका अनुसार छपाइगृहमा अनुगमनको काम भइरहेको छ। गुगलमा भएको गलत नक्साका सम्बन्धमा विभागले केही गर्न नसक्ने उनको भनाइ छ। गुलतमा राखेको नक्सामा पनि कालापानी, सुस्ता गायब छन्। गुगलबाट गलत नक्सा हटाउन कूटनीतिक पहल गर्नुपर्ने विज्ञ बताउँछन्। यो समाचार आजको अन्नपूर्ण पोष्टले छापेको छ ।

Featured