देश

सिरहाका बाढीपीडितलाई मुक्तिनाथ विकास बैंकको सहयोग

काठमाडौं, असोज २–मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत भदौ ३१ गतेको बाढीबाट प्रभावित सिराहाको मिर्चैया नगरपालिका ६ मुसहर बस्तीका पीडितलाई सहयोग गरेको छ । बैंकले ४२ घरधुरीलाई खाद्यान्न तथा झुल सहयोग गरेको हो । बाढीबाट बस्तीमा ठूलो जनधनको क्षति भएको छ । बाढीपीडितलाई सहयोग गर्ने मुक्तिनाथ विकास बैंक सबैभन्दा पहिलो संस्था भएको बैंकको दाबी छ ।

हालै मात्र मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भदौ १ देखि कात्तिक ३० गतेसम्म लागू हुने गरी रेमिट्यान्सकेन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसँग खुसीको वहार’ अभियान सञ्चालन गरेकोे बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले बताए ।

Featured