देश

मोरङमा गर्भपतन गर्ने किशोरीहरुको संख्या बढ्दो

विराटनगर, असोज २–मोरङमा गर्भपतन गर्ने किशोरीहरुको संख्या बढ्दो अवस्थामा रहेको तथ्याङले देखाएको छ । नेपाल परिवारनियोजन संघ मोरङ शाखाले छैठौ राष्ट्रिय परिवार नियोजन दिवश तथा ६१ औं स्थापना दिवश अवसरमा आयोजित कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् ।

मोरङमा २० बर्षभन्दा मुनिका गर्भपतन गराउने किशोरीको संख्या ७ प्रतिशत रहेको स्वास्थ्य कार्यालय मोरङका परिवार नियोजन अधिकृत धरणीधर निरौलाले जानकारी दिए ।

यस्तै परिवार नियोजन संघ मोरङको २०१९ को जनवरीदेखि जुनसम्मको तथ्याङ्क हेर्दा १५ देखि १९ बर्षसम्मका ३ प्रतिशत किशोरीहरुले सुरक्षित गर्भपतन गरेको संस्थाका अधिकृत शंखर दाहालले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाकी उपमेयर इन्दिरा कार्कीले समृद्ध परिवार र सुखी समाज निर्माणमा परिवार नियोजन संघले खेलेको भूमिका महत्वपूर्ण रहेको बताइन् ।

Featured