खेलकुद देश

संविधान दिवसको अवसरमा झापामा सडक दौड

झापा, असोज २–संविधान दिवसको अवसरमा झापामा सडक दौड प्रतियोगितासहित सीमा क्षेत्रमा राष्ट्रिय झन्डा फहराइएको छ । संविधान दिवस जिल्ला समारोह समिति झापाले बिहिबार भद्रपुरमा आयोजना गरेको सडक दौड तथा मेची पुलमा राष्ट्रिय झन्डा राखेको हो ।

जिल्ला समन्वय समिति झापाका सभापति तथा समारोह समितिका संयोजक सोमनाथ पोर्तेलको अध्यक्षमा भएको संक्षिप्त कार्यक्रमका बिच भद्रपुर ५ स्थित मेची पुल नजिकै ५ मिटरको राष्ट्रिय झन्डा राखिएको छ । नेपाल–भारतको सीमावर्ती नाकामा राष्ट्रिय झन्डा नरहेको अवस्थामा राष्ट्रको पहिचान झल्काउन मेची पुलमा झन्डा राखिएको समितिले जनाएको छ ।

त्यसै गरी मेची पुलबाटै सुरु गरिएको विद्यालय स्तरीय छात्रा ÷छात्र सडक दौड प्रतियोगिता सम्पन्न भएको छ । मेची पुलबाट सुरु भएको दौड प्रतियोगिता भद्रपुर बजार, जनता चोक, अस्पताल चोक हुदै टे«ड युनियन चोकमा पुगेर टुङ्गिएको थियो ।

करिब ६ किलोमिटर दौड प्रतियोगितामा छात्रतर्फ सिद्धार्थ मावि दमकका याङदेव राई प्रथम भएका छन् । उनले १६ मिनेट ५८ सेकेन्डमा दौड पूरा गरेका थिए । उनले नगद १० हजार प्राप्त गरे । त्यस्तै छात्रातर्फ धुलाबारी मावि मेचीनगरका भवानी कामती प्रथम भएइन । उनले २३ मिनेट १८ सेकेन्डमा दौड पूरा गर्दे १० हजार पुरस्कार प्राप्त गरिन ।

Featured