देश

संविधान कसैको रहरमा संविधान संशोधन हुँदैन : उपप्रधानमन्त्री पोखरेल

काठमाठौँ, असोज २–उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले संविधान कसैको रहर वा लहडमा संशोधन नहुने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेतासमेत रहेका उपप्रधानमन्त्री पोखरेलले संविधान गतिशील दस्तावेज भएकाले यसको संशोधन हुने भए पनि त्यसलाई कसैको लहड वा रहरको भरमा भने संशोधन गर्न नसकिने अडान राखे ।

संविधान दिवसको अवसर पारेर बिहिबार काठमाडांैमा आयोजित एक कार्यक्रमा बोल्दै उनले आवश्यकता र औचित्यका आधारमा मात्रै संविधान संशोधन हुने पनि स्पष्ट पारे । उपप्रधानमन्त्री पोखरेलले संविधानभित्रै संशोधनको प्रावधान राखिएको उल्लेख गर्दै केहीकेही मानिसहरुले त्यसविरुद्ध वकालत गर्ने गरेको भन्दै आक्रोश पनि व्यक्त गरे ।

उपप्रधानमन्त्री पोखरेलले संविधान हतारोमा जारी गरिएको भन्ने तर्क सैह्य नहुने चेतावनी पनि दिए । सबै राजनीतिक दलहरुको कार्यसूचि अनुसार जारी भएको संविधानलाई हतारोमा जारी गरिएको भन्नु आफैंमा खण्डनीय तर्क हुने उनको दाबी छ । उपप्रधानमन्त्री पोखरेलले विधि, प्रक्रियासम्मत ढंगले जारी गरिएको संविधान विभिन्न कोणबाट हतारोमा जारी गरिएको भन्ने भनाई आएको उल्लेख गर्दै आपत्ति पनि जनाए ।

Featured