देश

संघीय संसदको चालु अधिवेशन आजदेखि अन्त्य

काठमाडौँ, असोज २–संघीय संसदको चालु अधिवेशन आजदेखि अन्त्य भएको छ । प्रतिनिधिसभाको बुधबारको तेश्रो बैठकमा अधिवेशन अन्त्य सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउदै सभामुख कृष्णबहादुर महराले आजराती १२ बजे देखि चालु अधिवेशन स्वतः अन्त्य हुने घोषणा गरेका हुन् ।

२०७६ साल वैशाख १६ गते सुरु भएको यसअघिवेशनमा प्रतिनिधिसभा १ सय ४४ दिन चालु रहेकोमा ६० दिनमा ६५ वटा बैठक बसेका छन् । अधिवेशनमा संघीय संसदको दुवै सदनको संयुक्त बैठक २ पटक बसेको थियो । यस अघिवेशनले सरकारको नीति तथा कार्यक्रमको साथै चालु आर्थिक बर्षको बजेट छलफल पछि पास गरेको थियो ।

अधिवेशनमा संघीय संसदबाट जम्मा १८ वटा विधेयकहरु पारित भएका छन् । यस अधिवेशन अवधिभर प्रतिनिधि सभामा जम्मा १७ वटा सरकारी विधेयक दर्ता भएकोमा ७ वटा विधेयकहरु संघीय संसदको दुवै सदनबाट पारित भइसकेको छ । त्यसैगरी ५ वटा विधेयक सभामा प्रस्तुत हुन बाँकी छ भने ४ वटा विधेयक सम्बन्धित समितिहरुमा विचाराधीन छन् ।

Featured