देश

प्रधानमन्त्री निवासको शिलान्यास गर्दै ओलीले भने– ‘म बस्न पाउँदिन’

काठमाडौं, असोज २–प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवासको बालुवाटारमा शिलान्यास गरेका छन् । साविककै निवास रहेको ठाउँमा ३० करोड लागतमा अत्याधुनिक नयाँ भवन नौ महिनामा निर्माण सम्पन्न भइसक्ने गरी शिलान्यास गरिएको हो ।

पहिला बनेको भवन राज्य सञ्चालनका लागि उपयुक्त नभएकोले पनि नयाँ भवनको आवश्यकता परेको प्रधानमन्त्री ओलीले बताए । ‘देशको शासन, प्रशासन, विकास निर्माण परामर्श, कुटनीतिक सम्बन्धलाई प्रभावकारी बनाउनका लागि पनि अत्याधुनिक भवनको आवश्यकता थियो,’ प्रधानमन्त्री ओलीले भने, ‘अब निर्माण हुने भवनले शताब्दीसम्म नेपालका प्रधानमन्त्रीको त्यो आवश्यकता पुरा गर्नेछ ।’

उनले आफू देशको ४१ औं प्रधानमन्त्री भएको भन्दै ओलीले नयाँ भवनमा १ सय ४१ औं, २ सय ४१ औं प्रधानमन्त्री पनि बस्न पाउने दाबी गरे । उनले भने, ‘यो भवन रंगरोगन गर्दागर्दै मेरो कार्यकाल सकिन्छ र मपछिका प्रधानमन्त्रीहरु बस्न पाउनुहुन्छ ।’

Featured