देश

धनगढीको वडा कार्यालयमा आगजनी

कैलाली, असोज २–धनगढी उपमहानगरपालिका(८ को वडा कार्यालयमा बुधबार राति अज्ञात समूहद्वारा आगजनी भएको छ । राति करिब १० बजेको समयमा कार्यालयको झ्यालका सिसा फुटाएर पेट्रोल भरिएको मिनरल वाटरको बोतलभित्र फालेर आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

आगलागीको खबर थाहा पाउनासाथ समयमै आगो नियन्त्रण गरिएकाले खासै क्षति हुन नपाएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । नेत्र विक्रम चन्द समूहले आगजनी गरेको हुन सक्ने आशंका छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ । (रासस)

Featured