देश

र्याफ्टिङमा बढ्दै छ युवाको आकर्षण

काठमाडौं, असोज २–उमेरले २४ वर्षका मानदेव राई ‘रिभर गाइड’ बनेर नदीमा हाम फाल्न थालेको पाँच वर्ष भयो । यसबीचमा उनी र्याफ्टिङका लागि प्रख्यात तमोर, सुनकोसी, भोटेकोसी, त्रिशूलीलगायत धेरैजसो नदीमा क्याप्टेन बनिसके । “टिनएजमै काम सुरु गरियो । खेल्ने र रमाइलो गर्ने भनेकै नदीमै हो,” मानदेव परिपक्व जवाफ दिनुहुन्छ । किशोरवयमै नदीको काम थालेपछि उनी नदीसँगै रमाउन सिके ।

उनले मानिसका भन्दा बढी आवाज नदीकै सुनेका छन् । नदी, चरा र कीराहरूकै आवाज प्यारो लाग्छ उनलाई । “नत्र त दस–बाह्र दिनको लामो यात्रा पट्यार लागिहाल्छ नि र्” याफ्टिङको लामो ट्रिपको अनुभव सुनाउँदै उनी भन्छन् । यस्ता लार्मो याफ्टिङ यात्रामा कहिलेकाहीँ उनको दुई महिनासम्म नदीको पानी र बगरमा नै बित्ने गरेको छ ।

नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा)द्वारा प्रमाणित ‘ए ग्रेड’को रिभर गाइड हुन् मानदेव । आफू सानो छँदा गाउँमा कसैले कायक लिएर गएको सम्झना कुमार योञ्जन तामाङ (२४)लाई अझै छ । खोलामा कुद्ने त्यो सानो डुङ्गा देखेपछि कुमारले कुनै दिन आफू पनि त्यो चलाउने सपना बुन्न थाले । स्कुले पढाइ सकेर काठमाडौँ आएपछि पनि कायक चलाउने सपनाले उनलाई झस्काइरह्यो । यो समाचार गोरखापत्र दैनिकले छापेको छ ।

Featured