देश

मारिया चम्किदा पीएसजीसँग रियल स्तब्ध, रियल अंकविहिन

एजेन्सी, असोज २–एन्जल डी मारियाको दुई गोलको सहयोगमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले च्याम्पियन्स लिग फुटबलमा सहज जित दर्ता गरेको छ। बुधबार राति भएको खेलमा घरेलु टोली पीएसजीले स्पेनिस महारथी रियल मड्रिडलाई ३–० गोल अन्तरले पराजित गरेको हो। घरेलु टोली पीएसजी तीन मुख्य फरवार्ड्विना मैदान उत्रिएको थियो। निलम्बनको कारण नेयमार र चोटका कारण केलियन एम्बाप्पे र ईडिन्सन काभानी मैदानमा थिएनन्।

तर युरोपेली क्लब फुटबलको खर्चालु क्लब रियलविरुद्व पीएसजीले सहज जित निकाल्न सफल रह्यो। मारियाले सुरुवातमै दुई गोल गर्दै पीएसजीको जित यात्रालाई निकै सहज बनाए। अर्को एक गोल दोस्रो हाफको ईन्जुरी समयमा थोमस म्युनिरले गरेका थिए । मारियाले पुर्व क्लबविरुद्द दुइ सनसनीपूर्ण गोल निकाल्न सफल रहे।

Featured