देश

धरानमा चित्रकला कार्यशाला तथा प्रर्दशनी मेला हुने

धरान, असोज १–धरानमा यही असोज ३ गतेदेखि ६ गते सम्म चित्रकला कार्यशाला तथा प्रदर्शनी मेला २०७६ सुरु हुँदैछ । ३ लाख बराबरको लागतमा हुन लागेको उक्त चित्रकला प्रदर्शनी असोज ६ गते सम्म हुनेछ । ४ दिनसम्म सञ्चालन हुने यस कार्यशाला तथा प्रदर्शनी मेला धरानको दुई स्थान धरान ८ स्थित सभागृह तथा धरान १२ अमान बजारमा हुन लागेको मेला संयोजक तथा धरान प्रज्ञा प्रतिष्ठानका सदस्य गोपाल देवानले जानकारी दिए । उक्त चित्रकला प्रदर्शनीमा १०० वटा भन्दा बढी चित्रहरु प्रदर्शनीका लागि राख्न लागेको उनले बताए ।

प्रदर्शनीमा राखिन लागेका चित्रकलाहरु प्रदेश नं एक का बिभिन्न जिल्लाहरुबाट आउने २० जना अग्रज चित्रकार तथा नव चित्रकारहरुद्धारा बनाईएका चित्रकरहरुको चित्रहरु प्रर्दशनीमा राखिनेछ । धरान प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको उक्त प्रदर्शनीमा बिसै जना चित्रकारहरुले आफनो चित्र पेश गर्ने छन् भने उनीहरुले प्रकृतीमा आधारित रही आफनो तर्फबाट प्रत्येक चित्रकारले कम्तीमा ५ वटा सम्म चित्र पेश गर्ने छन् । त्यस्तै धरानको पर्यटन प्रर्बद्धन गर्नका लागी धरान र धरान आसपासका पर्यटकीय महत्वका सुन्दर प्राकृतिक भुवनोट, दृश्य तथा सामाजिक पहिचान झल्काउने परिदृश्यहरु चित्रित हुनेछन ।

प्रदर्शनीमा चित्रकला निर्माण सिर्जन वाटर कलर अर्थात पानी रंगमा गरिने आयोजकले जनाएको छ भने सोही प्रदर्शनीमा ५ जना नव चित्रकारलाई सर्वाेत्कृष्टताका आधारमा नगद ५ हजार समेत प्रदान गरिने छ । प्रवेश निःशुल्क रहेको उक्त प्रदर्शनीमा धरान भरिका स्कुल तथा कलेजहरुबाट छात्र,छात्रा २र२ जना गरी सहभागीता जनाउनेलाई कार्यशालाका लगाी सम्पुर्ण खर्च आयोजक धरान प्रज्ञा प्रतिष्ठानले नै व्यहोर्ने प्रतिष्ठानको कार्यलयमा गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

Featured