देश

आईजीपी खनालले बाँडे अशक्त प्रहरीलाई चारपांग्रे स्कुटर

काठमाडौं, असोज १–बहालवाला तथा सेवानिवृत्त अशक्त प्रहरी कर्मचारीहरूलाई प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले चारपांग्रे स्कुटर हस्तान्तरण गरेका छन् । खनालले बुधबार प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रम आयोजना गरी पूर्वप्रहरी निरीक्षक रामबहादुर चन्द, केन्द्रीय प्रहरी विशेष कार्यदलमा कार्यरत प्रहरी जवान पासाङ लामा र जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी सहायक निरीक्षक देवी नेपालीलाई हस्तान्त्रण गरेका हुन् ।

कार्यक्रममा बोल्दै खनालले संगठनप्रति उनीहरूले देखाएको साहस र हिम्मतको प्रशंसा गर्दै आगामी दिनमा समेत प्रहरी संगठनले सहयोगका लागि तयार रहने बताए । स्कुटर हस्तान्तरण कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू वरिष्ठ प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी अधिकृतहरूको समेत उपस्थिति थियो ।

Featured