देश

सहकारीबाट चोरिएको सेफसहित दुईजना पक्राउ

काठमाडौं, असोज १–काठमाडौं महानगरपालिका(३२ पेप्सिकोला टाउन प्लानिङस्थित हर्षित बचत तथा ऋण सहकारीबाट भदौ २५ गते चोरी गरी लगेको सेफसहित दुईजनालाई सोमबार काँडाघारीबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामेछाप दोरम्बा गाउँपालिका(४ ठेगाना भएका १८ वर्षीय सुनिल थापा मगर र सोही गाउँपालिका(७ ठेगाना भएका २१ वर्षीय दानबहादुर थापा मगर रहेका छन् ।

उक्त सहकारी संस्थाबाट फलामको ८५ केजी तौलको सेफ तथा उक्त सेफमा रहेको नगद ७ लाख ८९ हजार ९ सय ९२ रुपैयाँ र विभिन्न व्यक्तिका कागजात लगायतका महत्वपूर्ण सामान चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरुलाई खोजी गर्ने क्रममा सुनिल र दानबहादुरलाई उक्त चोरी गरी लगेको सेफ तथा सेफ फोड्न प्रयोग गर्ने फलामको रड, मोबाइल १ थान र नगद ५३ हजार रुपैयाँसहित महानगरीय अपराध महाशाखा टेकुको प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

Featured