देश

शान्ति मिसनमा कार्यरत सैनिकहरुको भत्ता बढ्यो

काठमाडौँ, असोज १-नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत सैनिकको भत्ता बढाएको छ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा मंगलबार बसेको सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समिति बैठकले सैनिकको मासिक पारिश्रमिक भत्ता ९ देखि ८५ अमेरिकी डलरसम्म बढाएको छ।

तल्लो तहका सैनिकको अधिकतम ८५ बढ्दा अधिकृत तहका शान्ति सैनिकको ९ डलरसम्म बढेको छ।

शान्ति मिसनमा सहभागी फैजका सबै दर्जाको मासिक भत्ता समान २२ प्रतिशत रकम सैनिक कल्याणकारी कोषमा कट्टा हुने गरी भत्ता वृद्धि भएको हो।

यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ।

Featured