देश

काभ्रेमा अवतरण गरिएका हेलिकोप्टर साढे ८ घण्टापछि काठमाडौंमा

काठमाडौं, भदौ ३१–काभ्रेमा अवतरण गरिएका ४ हेलिकोप्टर साढे ८ घण्टापछि काठमाडौंका लागि उडेका छन् । मौसममा खराबी देखिएपछि पाँचखालमा–२ र ३ मा बिहान ८ बजे आकस्मिक अवतरण गरिएका विभिन्न कम्पनीका ४ हेलिकप्टर अपरान्ह ४ बजे काठमाडौंका लागि उडेका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

जोरपाटी र हर्षे्स्थित खेतमा आकस्मिक अवतरण भएका मनाङ एयरका २, सिम्रिक र कैलाश एयरका १र१ हेलिकोप्टर साढे ४ बजे काठमाडौंको लागि उडेका हुन् । लुक्लाबाट काठमाडौंका लागि उडेका मनाङ र सिम्रिक एयरका हेलिकोप्टरमा चालक दलसहित ६र६ जना र कैलाशको हेलिकोप्टरमा ३ जना सवार थिए । अलपत्र यात्रु र चालक दलका सदस्यलाई स्थानीयले खाना खुवाएका थिए ।

Featured