देश मनोरंजन

गायक राजेश पायल राईको घरमा आगलागी, सम्मान पत्र/अवार्ड सबै जलेर नष्ट

काठमाडौं, भदौ ३१-नेपालका चर्चित गायक राजेश पायल राईको घरमा आगलागी भएको छ । उनको घरमा आगलागी भएको खबर सामाजिक सञ्जालमा एकाएक भाइरल बनिरहेको छ।

बानेश्वरस्थित राईको घरमा सोमबार साँझ आगलागी भएको हो। आगलागीबाट मानवीय क्षति नभए पनि भौतिक रुपमा धेरै क्षति भएको पारिवारिक श्रोतले जनाएको छ। आगलागीबाट घरमा रहेका विभिन्न सामान जलेर नष्ट भएका छन्। गायक राईको सम्मान पत्र तथा अवार्डहरु समेत जलेको छ ।

गायक राईले आफ्नो घरमा आगलागी भएको खबर पाएपछि फेसबुकमा स्टाटस लेख्दै भनेका छन् ‘यो घडिमा अहिलै घरमा आउन सकिन, सक्दिन पनि, म सँग पेशा छ अनि बाध्यता पनि र आयोजक सँग अझै २ महिनाको कार्यक्रमको एग्रीमेन्ट छ तर यो परीस्थितीमा मेरो छिमेकीहरुले दर्साउनु भएको सहयोग, नेपाल प्रहरी, दमकल परिवार प्रती ! यहाँबाटै हार्दिक नमन . एवार्ड जले होलान तर तपाईहरुले दिएको आशिर्वाद माया, सुझाब नजलोस.. म सदा तपाइहरु कै काखमा लुट्पुटिने मान्छे।’

Featured