देश

बेलायतमा पाँच हजार रोजगारी सिर्जना

लण्डन, रासस/एएफपी, भदौ ३१-जर्मनीको प्रसिद्ध सुपरमार्केट कम्पनी अल्दीले आगामी दुई बर्षमा १०० भन्दा बढी सुपरमार्केट बजार विस्तार गर्ने सोमबार बताएको छ।

यसबाट बेलायतमा पाँच हजार रोजगारीका अवसर थप हुने उक्त कम्पनीले जनाएको छ।

उक्त कम्पनीले हाल सञ्चालनमा रहेका ८४० सुपरमार्केटलाई सन् २०२५ को अन्त्यसम्ममा एक हजार २०० पुर्याउने पनि बताएको छ।

संयुक्त अधिराज्य र आएरल्याण्डका लागि कम्पनीका प्रमुख व्यवस्थापक गिल्स हर्लेले भन्नुभयो, “हामीले बजार विस्तारलाई बेलायतका सम्पूर्ण भागमा पुर्याउने योजना रहेपनि तत्काल थप हुने पसलहरूलाई भने लण्डनमा नै स्थापना गरिने छ।”

अल्दीको स्वदेशी प्रतिस्पर्धी लिडलले बेलायतमा ४० स्थानमा बजारलाई विस्तार गरी एक हजार ५०० जनालाई रोजगारी दिने योजना सार्वजनिक भएको तीन महिनापछि अल्दीले पछिल्लो योजना ल्याएको हो।

Featured