खेलकुद देश

सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट श्रेष्ठ पुरस्कृत

पोखरा, भदौ ३०–सहारा खेलकुद पत्रकारिता पुरस्कार २०७५ बाट रेडियो अन्नपूर्ण, नागरिक राष्ट्रिय दैनिक र आर्थिक आवाजमा आबद्ध सन्देश श्रेष्ठ पुरस्कृत भएका छन् । सहारा क्लबको २१औं वार्षिक साधारण सभा तथा ११औं अधिवेशनका अवसरमा क्लबले सोमबार श्रेष्ठलाई पुरस्कृत गरेको हो ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले पुरस्कार प्रदान गरेका छन् । पुरस्कारको राशि २० हजार ५५५ रुपैयाँ छ । यसअघि उक्त पुरस्कारको राशि १५ हजार ५५५ रहेकोमा यो वर्षदेखि बढाइएको हो । झापा घर भएका श्रेष्ठ २०६१ सालदेखि पोखरामा पत्रकारिता गर्दै अएका छन् । मुख्यमन्त्री गुरुङले सहारा क्लबद्वारा सञ्चालित सहारा एकेडेमीलाई २० देखि ३० लाख रुपैयाँसम्म उपलब्ध गराउने आश्वासन दिए ।

Featured