देश

१३ वर्षिय बालिका बलात्कार आरोपमा बृद्ध पक्राउ

काठमाडौँ, भदौ ३०–प्रहरीले बार्दियामा १३ वर्षिय बालिकालाई बालात्कार गरेको आरोपमा एक ७६ वर्षिय बृद्धलाई पक्राउ गरेको छ । १३ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा बर्दियाको बारबर्दिया नगरपालिका–१ पाठक चोक बस्ने ७६ वर्षीय भक्तबहादुर सुनारलाई पक्राउ गरिएको हो ।

आइतबार दिउँसो प्रहरीले पक्राउ परेका सुनारले पडित बालिकालाई ललाई–फकाई सोही स्थानको सामुदायिक वनमा लगेर जबरजस्ती करणी गरेको सुनारमाथी आरोप लागेको प्रहरीले जनाएको छ । पक्राउ परेका सुनारमाथी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Featured