देश

आज बिदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस्

काठमाडौँ, भदौ ३०-नेपाल राष्ट्र बैंकले आज सोमबार लागि तोकेको विनिमय दर अनुसार एक अमेरिकी डलरको खरिददर ११३ रुपयाँ १७ पैसा रहेको छ भने बिक्रि दर ११३ रुपयाँ ७७ पैसा नेपाली रुपयाँ रहेको छ।

त्यस्तै आज मलेसियाको पैसाको खरिददर १ रिंगिट बराबर नेपाली २७ रुपयाँ १८ पैसा र बिक्रीदर नेपाली २७ रुपयाँ ३२ पैसा रहेको छ। आज कतारको पैसाको खरिददर १ कतारी रियाल बराबर नेपाली ३१ रुपयाँ ८ पैसा ३१ रुपयाँ २४ पैसा रहेको छ।

त्यस्तै आज युएई दिरामको पैसाको खरिददर १ दिराम बराबर नेपाली ३० रुपयाँ ८१ पैसा रहेको छ भने बिक्रीदर नेपाली ३० रुपयाँ ९८ पैसा रहेको छ। आज साउदी रियालको पैसाको खरिददर १ रियल बराबर नेपाली ३० रुपयाँ १७ पैसा तोकिएको छ भने बिक्रीदर नेपाली ३० रुपयाँ ३३ पैसा तोकिएको छ। भने आज कुवेतको पैसाको खरिददर १ दिनार बराबर नेपाली रुपयाँ ३७२ रुपयाँ ७१ पैसा र बिक्रीदर नेपाली ३७४ रुपयाँ ६८ पैसा रहेको छ।

आज कोरियन वानको खरिददर १०० वन बराबर नेपाली ९ रुपयाँ ५९ पैसा र बिक्रीदर नेपाली ९ रुपयाँ ६४ पैसा रहेको छ। जापानको पैसाको खरिददर १ एन बराबर नेपाली १० रुपयाँ ४७ पैसा र बिक्रीदर नेपाली १० रुपयाँ ५३ पैसा रहेको छ।

Featured