देश

उच्च शिक्षामा विदेश मोह, ९ वर्षमा ३ लाख बाहिरिए

काठमाडौं, भदौ ३०–पछिल्ला नौ वर्षमा ३ लाख २ हजार बढी विद्यार्थी अध्ययनकै लागि भनेर बिदेसिएको पाइएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्यांकअनुसार नौ वर्षमा ३ लाख २ हजार ७ सय ९३ जना विद्यार्थीले विदेशमा अध्ययनका लागि अनुमति लिएका छन्। यो तथ्यांकका आधारमा दैनिक १६४ जना विद्यार्थी बिदेसिने गरेको देखिन्छ।

२०६७/६८ मा ११ हजार ९ सय ८२ जना र २०६८/६९ मा १० हजार ३ सय २४ जनाले अनुमति लिएका छन्। विदेशमा अध्ययनका लागि जानुअघि शिक्षा मन्त्रालयमार्फत नो अब्जेक्सन सर्टि्फिकेट (एनओसी) लिनुपर्ने प्रावधान छ।

यस्तै, २०६९/७० मा १६ हजार ५ सय ४, २०७०/७१ मा २८ हजार १ सय २६ र २०७१/७२ मा ३० हजार ६ सय ९६ जनाले अनुमति लिएको शिक्षा मन्त्रालयका सहसचिव हरि लम्सालले बताए ।

तर, सरकारले ती विद्यार्थीको अवस्थाबारे तथ्यांक राख्न सकेको छैन। जसकारण, विदेशमा नेपाली विद्यार्थीको अवस्थाबारे सरकारलाई जानकारी छैन। यो समाचार आजको राजधानी दैनिकले छापेको छ ।

Featured