देश

श्रम मन्त्रालयको कल सेन्टरद्वारा ९२ प्रतिशत गुनासा सम्बोधन

काठमाडौँ, भदौ ३०-श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा श्रमिकको गुनासा सम्बोधन गर्न स्थापित कल सेन्टरले ९२ प्रतिशत गुनासा तथा जिज्ञासाको सम्बोधान गरेको जनाएको छ। साझा सवाललाई प्राप्त विवरण अनुसार कल सेन्टरले ९२ प्रतिशत गुनासा सम्बोधन गरेको डाटा देखाइएको छ।

विभिन्न मिडियाले पटक पटक कल सेन्टरको प्रगति विवरण सार्वजनिक गर्न श्रम मन्त्रालय र बैदेशिक रोजगार वोर्डको ध्यानकार्षण गर्दै आएको थियो। मौखिक जानकारीबाट सूचना प्राप्त नभएपछि सुचनाको हक अन्तर्गत लिखित निवेदन दर्ता गरिएको थियो। सो पश्च्यात बोर्डले संचालमा आएदेखि साउन महिनासम्मको प्रगति विवरण उपलब्ध गराएको हो।

श्रम मन्त्रालयको कल सेन्टरमा श्रमिकको जिज्ञासा, तर म्यानपावरले लियो १ लाख १० हजार

बैदेशिक र आन्तरिक रोजगार क्षेत्रका श्रमिकका समस्या सुन्ने र समस्याहरुको तत्काल समाधानका लागि माताहतका निकायहरुलाई निर्देशन दिने उदेश्यले श्रममन्त्री गोकर्ण विष्टले गत चैत्र १८ गते कल सेन्टरको शुभारम्भ गरेका थिए। सो कल सेन्टर मार्फत गत साउन ३२ गतेसम्म १३ हजार २ सय ३२ गुनासा प्राप्त भएकोमा १२ हजार १ सय ३१ गुनासा सम्बोधन गरिएको बोर्डले जनाएको छ।

श्रममन्त्री ज्यू , मन्त्रालयको ‘कल सेन्टर’को प्रगति विवरण लिन निवेदन नै दिनुपर्ने हो?

कल सेन्टरमा श्रम मन्त्रालय, सामाजिक सुरक्षा कोष, बैदेशिक रोजगार विभाग, श्रम तथा व्यवासायजन्य सुरक्षा विभाग, प्रधानमन्त्री रोजगार कार्यक्रम, व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठान, बैदेशिक रोजगार बोर्डसंग सम्बन्धित गुनासा तथा जिज्ञासाहरु प्राप्त भएको पाइएको छ।

बोर्डले उपलब्ध गराएको विवरण अनुसार सबैभन्दा धेरै बैदेशिक रोजगार विभाग अन्तर्गतका गुनासाहरु प्राप्त भएको पाइएको छ। चैत्र महिनामा ९६, बैशाखमा ४३९, जेठमा १०४, असारमा ९३ र साउनमा ८८ गुनासा प्राप्त भएको पाइको छ ति मध्ये १ सय ४५ गुनासाको मात्र समाधान गरेको छ।

Featured