देश राजनीति

नेकपा एकताः किसान महासंघको संयोजकमा पराजुली

काठमाडौं, भदौ २९–नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भातृ संगठन अखिल नेपाल किसान महासंघ र अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) वीच एकीकरण भएको छ । भातृ संगठन एकता प्रक्रियामा रहेको नेकपाको ती दुइ संगठनवीच एकतापछि बनेको अखिल नेपाल किसान महासंघको हरिप्रसाद पराजुली संयोजक र चित्रबहादुर श्रेष्ठ सह–संयोजक चयन भएका छन् ।

एकतापछि २५१ सदस्यीय केन्द्रीय समिति गठन भएको छ । नेकपा संगठन विभाग प्रमुख वामदेव गौतमले आजै अखिल नेपाल किसान महासंघ स्थायी समितिका नौ जना पदाधिकारी र सदस्यहरुलाई सपथग्रहण गराए ।

Featured