खेलकुद विदेश

सिटीलाई नर्विचको झट्का

काठमाडौं, एजेन्सी, भदौ २९-साविक विजेता म्यानचेस्टर सिटीलाई इङ्लिस प्रिमिर लिग फुटबलमा नर्विच सिटीको नमिठो झट्का लागेको छ। शनिबार राति भएको खेलमा नर्विच सिटीले म्यानचेस्टर सिटीलाई ३–२ गोलले हराएको हो।

घरेलु मैदानमा नर्विचलाई जिताउन केनी म्याकलिन, टोड क्यान्टवेल र टेमु पुकीले एक एक गोल गरे। सिटीका सर्जियो अग्युरो र रोड्रीगोले एक एक गोल गरे।

१८औं मिनेटमा म्याकलिनले गोल गर्दै नर्विचलाई अग्रता दिलाएका थिए। २८औं मिनेटमा क्यान्टवेलले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए। त्यसपछि ४५औं मिनेटमा अग्युरोले गोल गर्दै सिटीलाई खेलमा फर्काउने प्रयास गरे। ५०औं मिनेटमा पुकीले गोल गर्दै नर्विचलाई ३–१ को अवस्थामा पुर्याए। ८८औं मिनेटमा रोड्रिगोले गोल गरेपनि सिटीले हार टार्न सकेन। लिगमा सिटीको यो पहिलो हार हो। दोस्रो स्थानको सिटीले सिटीले पाँच खेलबाट १० अंक नाएको छ। पहिलो जित निकालेको नर्विचको ६ अंक छ। शीर्ष स्थानमा रहेको लिभरपुलको १५ अंक छ।

Featured