खेलकुद विदेश

भारतले जित्यो यु–१९ एसिया कपको उपाधि

एजेसी, भदौ २८–एसीसी यु–१९ एसिया कपको उपाधि भारतले हात पारेको छ। आज भएको फाइन खेलमा भारतले बंगलादेशमाथि रोमाञ्चक जित दर्ता गरेको हो। यससँगै भारतले ६ पटक यो उपाधि रक्षा गरेको छ। १ सय ७ रनको सामान्य लक्ष्य पछ्याएको बंगलादेश ३३ ओभरमा अल आउट हुँदै १ सय १ रनमा समेटिएपछि भारतले नाटकीय रुपमा उपाधि रक्षा गर्न सफल भएको हो।

भारतका लागि कर्ण लालले ४३ बलमा ३ चौका र १ छक्का ३७ रनको यागदान दिएका थिए। बंगलादेशका शामिम हसनले ६ ओभरमा २ मेडन सहित ८ रन खर्चेर ३ विकेट लिएका थिए। बंगलादेशका लागि कप्तान अकबर अलीले २३ र मृत्तुन्जय चौधरीले २१ रनको यागदान दिएका थिए। भारतको जितमा अर्थभ अन्कोलेकरले ८ ओभरमा २ मेडन सहित २८ रन खर्चेर ५ विकेट लिए भने त्यस्तै आकश सिंहकले ३ विकेट लिएका थिए।

Featured