देश

विराटनगर महानगरले सुरु गर्यो विद्यालय केन्द्रित डेङ्गु नियन्त्रणका अभियान

विराटनगर, भदौ २८–डेङ्गुको प्रकोप नियन्त्रणका लागि विराटनगर महानगरपालिकाले विद्यालय केन्द्रित कार्यक्रम ल्याएको छ । पछिल्लो समय विद्यार्थीहरुमा डेङ्गुको सक्रमण भेटिएसँगै महानगरले यस्तो कार्यक्रम ल्याएको हो । शनिवार वाट विद्यालय र सरकारी कायालयहरुमा लामखुट्टेलाई नियन्त्रण गर्न ’फगिङ’ अर्थात् कीटनाशक रसायनिक धुँवा उडाएर मार्ने कार्यको थालनी भएको छ ।

विराटनगर महानगरका मेयर भीम पराजुलीले नगर स्थित आदर्श माध्यमिक विद्यालयमा फगिङ गर्दे यस कार्यको थालनी गरेका थिए । यस अघि बस्तिहरुमा मात्र फगिङ गरिएको थियो । लामखुट्टे धेरै हुने ठाउँको खोजी र तिनलाई मार्ने अभियान पटक–पटक गर्दे आएको महानगरले यसपटक भने विद्यालय र सरकारी कार्यालयहाता भित्र फगर मेसिनवाट यो अभियान सुरु गरेको छ ।

यससँंगै बस्ति क्षेत्रमा समेत पुनः फगिङ् गरिने महानगर स्वास्थ्य साखाका अधिकृत एपोलो भगतले जानकारी दिए । शनिवार मात्रै वडा नं ७ र वडा नं १० का सरकारी ,गैर सरकारी कार्यालय, सामुदायिक विद्यालय, नीजि विद्यालयहरुमा फगर मेसिनवाट लामखुट्टे मार्ने काम भएको छ । यो अभियान महानगरका १९ वटै वडामा क्रमश गर्दे लागिने महानगरले जनाएको छ ।

केही महिनाअघि देखिएको डेङ्गु सक्रमित बिरामीको सख्या विराटनगरमा समेत बढेको छ । प्रभावित क्षेत्रमा टोली खटाएर दैनिकजसो लामखुट्टे मार्ने अभियान सञ्चालन धेरै पटक महानगरले गरिरहेको छ । विद्यालय, क्याम्पस तथा समुदायमा डेङ्गबार चेतनामूलक अभियान समेत सञ्चालन गरिएको र लामखुट्टेलाई नियन्त्रण गर्न ‘फगिङ’ अर्थात् कीटनाशक रसायन धुँवा उडाएर मार्ने कार्यको अभियान चलाइएको मेयर परजुलीले बताएका छन् । उनले यस अभियान सँगै विराटगरमा सक्रमणको अवस्था घट्ने विश्वास व्यक्त गरेका छन् । केहीदिन अघि मात्र डेङ्गुको संक्रमणबाट विराटनगरमा एक विद्यार्थीको ज्यान गएको थियो ।

Featured