देश

जेष्ट आईडियोलोजी सहकारीको १० औँ साधारण सभामा सम्मान

काठमाडौं, भदौ २८–जेष्ट आईडियोलोजी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १०औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । १० वर्ष पार गरेको अवसरमा संस्थाले संस्कृतितर्फ वाङ्मय शताव्दी पुरुष सत्यमोहन जोशीलाई नगद ११ हजार एक सय ११ रुपैयाँसहित सम्मान गरेको छ । सो अवसरमा सहकारीतर्फ सहकारी विकास बोर्डका संस्थापक दीपकप्रकाश बाँस्कोटा तथा पत्रकारितातर्फ पत्रकार टीकाराम यात्रीलाई नगद पाँच हजार पाँच सय ५५ सहित सम्मान गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष राम प्रसाद आचार्यले १० वर्ष अवधि पार गर्दा संस्थाले सबैको सहयोग प्राप्त गरेको तथा आम शेयर सदस्यहरुलाई उचित मुनाफा दिन सकेको बताउँदै नेपाल सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरेकोमा भ्रमण वर्ष सफल बनाउन संस्थाले आफ्नो भूमिका अब्बल बनाउने जानकारी दिए ।

संस्थाका कार्यकारी संचालक हेम बहादुर कार्कीले संस्थाले संस्थाले १० वर्षको अवधि पार गर्दासम्म कूल कारोवार एक अर्ब ३८ करोड पु¥याई ९५ करोड निक्षेप संकलन गर्न सफल भएको बताए । कार्यक्रममा आईसिएकी निर्देशक एवं राष्ट्रिय सहकारी महासंघकी उपाध्यक्ष ओमदेवी मल्ल, नेपाल केन्द्रीय बचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन) का वरिष्ठ उपाध्यक्ष परितोष पौडेल, मिडिया सोसाईटीका अध्यक्ष शुभशंकर कँडेल, राष्ट्रिय सहकारी बैंककी संचालक सरिता भट्टराईले संस्थाले एक दशक पार गरेकोमा सफलताको शुभकामना व्यक्त गरे ।

Featured