विदेश

ड्रोन आक्रमणका कारण अरामकोका दुई मुख्य तेल प्रशोधनस्थलमा आगलागी

एजेन्सी, भदौ २८-ड्रोन आक्रमणका कारण साउदी अरबको सरकारी कम्पनी अरामकोका दुई मुख्य तेल प्रशोधनस्थलमा आगलागी भएको स्थानीय पत्रपत्रिकाले जनाएका छन् । संसारकै सबैभन्दा विशाल तेल प्रशोधनस्थल अबकाइकको भिडिओमा आगोका ठूलो लप्का र धुँवा देखिन्छ ।

दोस्रो ड्रोन आक्रमणका कारण कुरिसमा रहेको तेलखानीमा पनि आगो लागेको थियो । सरकारी समाचारमाध्यमहरूका अनुसार ती दुवै आगलागी नियन्त्रणमा आइसकेका छन् । विगतमा यस्ता आक्रमणका लागि इरान निकट यमनका विद्रोही हुथी समूहमाथि आरोप लगाइएको थियो । तर यी आक्रमणहरू कसले ग¥यो भन्ने खुलाइएको छैन ।

Featured