देश

ठेकेदारको लापरवाहीका कारण ठिमुरा–देवघाट जोड्ने पुल अलपत्र

चितवन, भदौ २८–चितवनको भरतपुर महानगरपालिका १ ठिमुरामा निमार्ण थालिएको ठिमुरा–देवघाट जोड्ने पुल ठेकेदारको लापरबाहीका कारण अलपत्र बनेको छ । २०७४ साल भित्रै सम्पन्न गर्नु पर्ने पुल हालसम्म ५ वटा खम्बामात्रै निमार्ण सम्पन्न भएको छ ।

२०७० साल कार्तिक २० गते निमार्ण सम्झौता भई ७४ कार्तिक १९ मा सम्पन्न गर्ने गरी १८ करोड ८१ लाख ७२ हजार मा निमार्ण सम्झौता भएको थियो । ईलाईट एडभेन्चर कम्पनिले निमार्णको जिम्मा पाएको हो । निमार्ण कम्पनिले कामनै नगर्ने गरेको र हिउद भरी दुई चार जना मात्रै मान्छे लगाएर ठेकेदारले कामलाई वेवास्ता गर्दा पुल निमार्णले गति नपाएको स्थानीयको भनाई छ ।

पुल बनेपछि तरेर देवघाट जाने आशामा रहेका स्थानीय अहिले निराश भएका छन् । यता ठेकेदारले भने पैसा नपाएको, प्राबिधिक कठिनाई लगायतका कारणले काम गर्न नसकेको बताएको ठिमुरा देवघाट त्रिशुली माथि पक्कीपुल निमार्ण उपभोक्ता समितिका उपाध्यक्ष टंकनाथ पौडेलले बताए ।

Featured