देश मनोरंजन

चलचित्र ‘रातो टिका निधारमा’ को शीर्ष गीत सार्वजनिक

काठमाडौं, भदौ २८–चलचित्र ‘रातो टिका निधारमा’ को शीर्ष गीत सार्वजनिक भएको छ । आगामी १० असोजमा रिलिज हुने भनिएको चलचित्रको गीत झन्डै २२ वर्ष अघि बनेका चलचित्र ‘अल्लारे’को गीतलाई रिएरेन्ज गरी नयाँ भर्सनमा ल्याइएकोे हो । यो गीतको ओरिजिनिल गीतमा राजेश हमाल र करिश्मा मानन्धर नाचेका थिए भने रि एरेन्ज भर्सनमा अंकित शर्मा र साम्राज्ञी राज्यलक्ष्मी शाह नाचेका छन् ।

शम्भुजित बाँस्कोटाको संगीत रहेको गीतलाई प्रमोद खरेल र मेलिना राईले आवाज दिएका छन् । यसको ओर्जिनल भर्सनमा उमेश पाण्डे र रमना श्रेष्ठको स्वर थियो । शहदेव ढुंगानाले शब्द सिर्जना गरेको गीतमा बसन्त श्रेष्ठको कोरियोग्राफी छ ।सार्वजनिक गीतमा गीतमा रविन्द्र झा, नीता ढुंगाना, खुस्बु खड्का, बुद्दि तामाङ, बसुन्धरा भुसाल, शिवहरि पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजराम पौडेल, कमला रेग्मी लगायत पनि देख्न सकिन्छ । चलचित्रलाई किरण शर्मा र कृति शर्माको सयुक्त लगानी गरेका हुन् । अशोक शर्माको निर्देशन गरेका चलचित्रलाई पुरुषोत्तम प्रधानको छायाँकन र मित्रदेव गुरुङको सम्पादन छ ।

Featured