देश

पेस्तोलसहित जनकपुरबाट १ जना पक्राउ

धनुषा, भदौ २८–जनकपुरको लोहनाबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् । जनकपुरबाट दक्षिणतर्फ साइकलमा जाँदै गरेका धनौजी गाउँपालिका( २ का ३२ वर्षीय मनिष मिश्रलाई शुक्रबार राति सशस्त्र प्रहरीले पेस्तोलसहित पक्राउ गरेको हो ।

मिश्रको साथबाट कपडामा वेरीएको कटुवा पेस्तोल र दुई राउण्ड गोली बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतीले जानकारी दिए । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय जनकपुरबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा मिश्रलाई पक्राउ गरेको हो । मिश्रलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

Featured