देश

ब्लाष्ट टाइम्स दैनिकले आयोजना गरेको रक्तदानमा ४७ पिन्ट रगत संकलन

विराटनगर, भदौ २८–ब्लाष्ट टाइम्स दैनिकले विराटनगरको ट्राफिक चौकमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रजत महोत्सवको अवसर पारेर गरिएको रक्तदान कार्यक्रममा ४७ प्रिन्ट रगत संकलन भएको छ । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले रगत दिएर रक्तदान कार्यक्रमको शुभारम्भ भएको थियो । बी पोजेटिभ रगत समूह रहेको पराजुलीको रगत नवजात शिशुलाई दिइएको छ ।

सोही समूहको ताजा रगत नवजात शिशुलाई आवश्यक परेको चिकित्सकले बताएका थिए । विराटनगरमा आयोजना गरिएको रक्तदान कार्यक्रमबाट ५ जना विरामीका आफन्तले ताजा रगत आवश्यक परेकाले कार्यस्थलबाट लगेका थिए । रक्तदान कार्यक्रममा जनप्रतिनिधीहरू, राजनितिक दलका नेता, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनपथ, ट्राफिक प्रहरी, उद्योगी, व्यवसायी, पत्रकार र सर्वसाधरणले रक्तदान गरेका थिए ।

Featured