देश

चाडपर्व लागेसँगै विराटनगरमा बजार अनुगमन सुरु

विराटनगर, भदौ २८–चाडपर्व लागेसँगै विराटनगर बजार अनुगमन सुरु गरिएको छ । विराटनगरमा किराना पसलहरुको आज अनुगमन गरिएको हो । जिल्ला प्रशासन कार्यालय, वाणिज्य कार्यालय, उपभोक्तावादी संस्था, खाद्य तथा गुण नियन्त्रण कार्यालयले संयुक्त रुपमा ९ वटा किराना पसलहरुको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा विराटनगर–९ मा रहेको साची स्टोर्सबाट उपभोग्य मिति सकिएको मसला तथा पेय पदार्थ बरामद गरिएको थियो । चाड पर्व लागेसँगै बजारमा कालोवजारी र अखाद्य वस्तुको विक्रि वितरण गर्ने गरेको गुनासो आृन थालेपछी बजार अनुगमन थालिएको वाणिज्य कायार्चलय विराटनगरले जनाएको छ ।

Featured